Logo

बुधवार, श्रावण १३ गते २०८३

गोरखाको बारपाक सुलिकोट वडा न ६ मा दोस्रो मनासलु कप हुने

गोरखाको बारपाक सुलिकोट वडा न ६ मा दोस्रो मनासलु कप हुने

जोईन खबर

२१, चैत्र २०७९
  • 1.4K
    SHARES
  • गोरखाको बारपाक सुलिकोट  वडा न ६ मा दोस्रो मनासलु कप हुने

    चैत्र २०,  बारपाक सुलिकोट गाउॅपालिका वडा न ६ बाहाकोटमा दोस्रो मनासलु कप फुटबल प्रतियोगिता हुने भएकोछ।   मनासलु युवा क्लबद्वारा आयोजना हुने खुल्ला पुरूष फुटबल प्रतियोगिता नयाँ  बर्ष २०८० को अबसरमा सहीद आशाकाजी श्रेष्ठ रंगशाला बारपाक सुलिकोट वडा नं ६ बहॅाकोटमा खेलाईनेछ ।FB_IMG_1680612242028.jpg

    images

    प्रथम मनासलु कप २०७९ को नयॅा बर्षको अबसरमा आयोजना गरिएको थियो । बैशाख १ देखि ५ गते सम्म हुने दोस्रो मनासलु कप को समुद्घाटन खेल राष्ट्रिय कलाकार र आयोजक टिम बिच हुने जानकारी खेल संयोजक बालकृष्ण गरुङ ले दिनुभएको छ ।

    FB_IMG_1680612648112.jpg

    मनासलु युवा क्लबका अध्यक्ष पवन गुरूङ र खेल संयोजक  बाल कृष्ण गुरूङ रहेका छन्। खेल खेल्दा क्लब नियम अनुसार हुने छ ।खेल सेभेन एसाइड हो जसमी ७+२ गरि  ९ जना खेल्ने छन्।

    टिम दर्ता  शुल्क ८ हजार र रेड/यालो कार्डको १ हजार गरि जम्मा ९ हजार हुने छ भन्न् प्रथम पुरस्कार  रू १लाख १  हजार  एक सय ११ रूपैयाँ सहित  कप मेडल प्रमाणपत्र ,दोस्रो  पुरस्कार  रू५० हजार ५ सय ५५ रूपैयाँ र कप मेडल प्रमाणपत्र हुनेछ।

    यसै गरि उत्कृष्ट खेलाडी रू २०००/- उत्कृष्ट किपरलाई रू १५००/- ,उत्कृष्ट गोलकर्तालाई रू १५००/-  पुरस्कार प्रदान गर्ने  मनासलु युवा क्लब अध्यक्ष र खेल संयोजक  गुरूङले जानाकारि दिएको हो।

    प्रकाशित मिति :चैत्र २१, २०७९ मंगलवार - १८:३२:२६ बजे

    जोईन खबर

    images
    ताजा अपडेट
    धेरै पढिएको