२१ चैत काठमाडौं । अमेरिकाले मंगलबार भएको खेलमा जर्सीमाथि २५ रनको जित निकाल्दै विश्वकप छनोटम स्थान पक्का गरेको हो। जितसँगै नामिबियाको विश्वकप छनोटमा पुग्ने सम्भावना बलियो भएको छ।
नामिबियामा जारी प्रतियोगितामा घरेलु टिम नामिबियासँगै अमेरिका, युएई, क्यानडा, जर्सी र पपुवा न्युगिनीबीचप्रतिस् प्रतियोगिताबाट शीर्ष दुई टिम विश्वकप छनोटमा पुग्ने प्रावधानअनुसार अमेरिकाले विश्वकप छनोटमा स्थान पक्का गरेको हो। अब नामिबिया, युएई र क्यानडा मध्ये एक टिमले विश्वकपमा स्थान बनाउनेछ।
जसमा युएईले एकदिवसीय मान्यता जोगाउदा पपुवा न्युगिनीले गुमाइसकेको छ। अब क्यानडा र जर्सी मध्ये एक टिमले एकदिवसीय मान्यता प्राप्त गर्नेछन्।
प्रतियोगिताको अन्तिम दिन भोलि जर्सी र युएई तथा क्यानडा र पपुवा न्युगिनीबीच खेल हुँदैछ।
क्यानडाले भोलिको खेलमा जित निकाले
एकदिवसीय मान्यता प्राप्त गर्नेछ। युएई पराजित भएर आफूले ठूलो अन्तरको जित निकाले क्याडना विश्वकप छनोटमा पुग्नेछ। युएईले भोलि जित निकाले विश्वकप छनोटमा स्थान पार्नेछ भने नामिबिया बाहिरिनेछ।
विश्वकप छनोट आगामी जुलाईमा जिम्बावेमा हुँदैछ। विश्वकप छनोटबाट दुई टिम विश्वकपमा पुग्नेछन्।
विश्वकप छनोटमा नेपालले पनि प्रतिस्पर्धा गर्दैछ। जहाँ नेपालसहित वेस्ट इन्डिज, श्रीलंका, जिम्बावे, नेदरल्याण्ड्स, स्कटल्यान्ड, ओमान र अमेरिका गरी ८ टिमले खेल्ने पक्का भइसकेको छ।
विश्वकप छनोटमा १० टिमलाई दुई समूहमा विभाजन गरिनेछ। दुवै समूहका शीर्ष तीन टिम सुपर सिक्समा पुग्नेछन्। सुपर सिक्सका शीर्ष दुई टिम विश्वकपमा छनोट हुनेछन्।