Logo

मंगलवार, कार्तिक ११ गते २०८३

वीर गणेशमान सिंह राष्ट्रिय बक्सिङ प्रतियोगितामा भरत, निशान र प्रशान्त सेमिफाइनलमा प्रवेश

वीर गणेशमान सिंह राष्ट्रिय बक्सिङ प्रतियोगितामा भरत, निशान र प्रशान्त सेमिफाइनलमा प्रवेश

जोईन खबर

२४, चैत्र २०७९
  • 751
    SHARES
  • वीर गणेशमान सिंह राष्ट्रिय बक्सिङ प्रतियोगितामा  भरत, निशान र प्रशान्त सेमिफाइनलमा  प्रवेश

    २४ चैत काठमाडौ। सुदूरपश्चिम प्रदेशका भरत चन्द, गण्डकी प्रदेशका निशान गुरुङ र कोशी प्रदेशका प्रशान्त वीर गणेशमान सिंह राष्ट्रिय बक्सिङ प्रतियोगितामा सेमिफाइनलमा प्रवेश गर्नुभयो ।  

    images

    पुरुष ८० केजीमा लुम्बिनीका हेमराज रावलले गण्डकीका मनीष बिसी, कर्णाली प्रदेशका दर्शन घर्ती मगरले सुदूरपश्चिमका बालाजी रावल तथा बागमती प्रदेशका मनोज तामाङले कोशीका सनम गुरुङलाई हराउदै सेमिफाइनलमा स्थान सुरक्षित गर्नुभयो । 

    images
    images
    images

    गणेशमानसिंह फाउन्डेसनअन्तर्गत वीर गणेशमान सिंह खेलकुद समितिद्वारा आयोजित प्रतियोगिताको पुरुष ९२ केजीमा बागमतीका उमङ महर्जनले लुम्बिनीका सुजन थापा मगरलाई पाखा लगाउदै सेमिफाइनलमा पुग्नुभयो ।  महिला ५७ केजीमा सुदूरपश्चिमकी कविता सिंहले लुम्बिनीकी कल्पना पुनमाथि जित रच्दै सेमिफाइनलमा पुग्नुभयो ।

    महिला ६० केजीमा बागमतीकी हेमा राईले सुदूरपश्चिमकी सन्जिता चौधरी तथा एपीएफकी संगिता सुनुवारले कोशीकी सुस्मिता राईलाई पराजित गर्दै सेमिफाइनल यात्रा तय गर्नुभयो । महिला ६६ केजीमा गण्डकीकी जोशिका श्रेष्ठले कर्णालीकी अस्मिता चन्दलाई हराउँदै सेमिफाइनलमा प्रवेश प्रवेश गर्नु भएको बताए।

     

    प्रकाशित मिति :चैत्र २४, २०७९ शुक्रवार - १५:३३:३८ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको