२४ चैत काठमाडौ। सुदूरपश्चिम प्रदेशका भरत चन्द, गण्डकी प्रदेशका निशान गुरुङ र कोशी प्रदेशका प्रशान्त वीर गणेशमान सिंह राष्ट्रिय बक्सिङ प्रतियोगितामा सेमिफाइनलमा प्रवेश गर्नुभयो ।
पुरुष ८० केजीमा लुम्बिनीका हेमराज रावलले गण्डकीका मनीष बिसी, कर्णाली प्रदेशका दर्शन घर्ती मगरले सुदूरपश्चिमका बालाजी रावल तथा बागमती प्रदेशका मनोज तामाङले कोशीका सनम गुरुङलाई हराउदै सेमिफाइनलमा स्थान सुरक्षित गर्नुभयो ।
गणेशमानसिंह फाउन्डेसनअन्तर्गत वीर गणेशमान सिंह खेलकुद समितिद्वारा आयोजित प्रतियोगिताको पुरुष ९२ केजीमा बागमतीका उमङ महर्जनले लुम्बिनीका सुजन थापा मगरलाई पाखा लगाउदै सेमिफाइनलमा पुग्नुभयो । महिला ५७ केजीमा सुदूरपश्चिमकी कविता सिंहले लुम्बिनीकी कल्पना पुनमाथि जित रच्दै सेमिफाइनलमा पुग्नुभयो ।
महिला ६० केजीमा बागमतीकी हेमा राईले सुदूरपश्चिमकी सन्जिता चौधरी तथा एपीएफकी संगिता सुनुवारले कोशीकी सुस्मिता राईलाई पराजित गर्दै सेमिफाइनल यात्रा तय गर्नुभयो । महिला ६६ केजीमा गण्डकीकी जोशिका श्रेष्ठले कर्णालीकी अस्मिता चन्दलाई हराउँदै सेमिफाइनलमा प्रवेश प्रवेश गर्नु भएको बताए।