२६ चैत काठमाडौ।नेपाली लोकसङ्गीतका गायक तथा सर्जक विमलराज क्षेत्रीको नयाँ गीत सार्वजनिक भएको छ । क्षेत्रीले ‘घर त पर हो’ बोलको गीत विमलराज क्षेत्री नामक युट्युब च्यानलबाट सार्वजनिक गर्नुभएको हो ।
दुई दशकअघि ‘बल्लै भो भेट’ गीतबाट चर्चामा आएका क्षेत्रीको रानीघाटैमा, मधुबनैमा, जापान टोकियो, ए हजुर एक्लो परानी, हिमाल सेतै छलगायत दर्जन बढी गीतले श्रोता माझ बलियो स्थान जमाउन सफल भएका थिए । पर्वत घर भएका क्षेत्रीले गीतसङ्गीतका साथै प्रशान्ति क्यासेट सेन्टर पनि सञ्चालन गर्नुभएको थियो ।
शब्द, लय र स्वर उहाँकै रहेको उक्त गीतमा टीकाकुमारी क्षेत्रीले साथ दिनुभएको छ । भिडियोको निर्देशन उदिराम खड्काले गर्नुभएको छ भने अभिनय कविता गेलाल, उदिराम खड्का, टीकाकुमारी क्षेत्री र गायक क्षेत्रीको रहेको छ ।