२६ चैत काठमाडौं । शहीद स्मारक ए डिभिजन लिगको साविक विजेता मछिन्द्रका छिरिङ गुरुङ चोटग्रस्त बनेका छन् । पुजन उपर्कोटीसँग ठोक्किँदा उनको नाकमा चोट लागेको छ ।
आफ्नै पोजिसनमा रहेका छिरिङले बललाई हेडमार्फत क्लियर गर्ने प्रयास गर्दै थिए ।छिरिङको ब्याक हेडर बल मछिन्द्रकै डिफेन्सिभ मिडफिल्डर पुजन उपर्कोटीले खुट्टाले क्लियर गर्ने प्रयास गरे ।छिरिङ जम्प गरेर ल्याण्डिङको प्रयास गर्दैगर्दा पुजनको घुँडामा नाक ठोक्कियो ।
भित्री चोट नभए पनि कान नजिकै बाहिरी चोटका कारण उनले तीन साता मैदानबाहिर रहनुपरेको थियो ।