२७ चैत काठमाडौ। हरिनाश गाउँपालिकाले सडक निर्माणमा फड्को मारेको र विकट स्थानमा पनि विकास निर्माणका कामले धमाधम गति लिएकाे छ । छ वर्ष पहिला गोरेटोबाटोको प्रयोग गरेर हिँड्नुपर्ने ठाउमा अहिले पक्की सडकको निर्माण भएको हो। हरिनाशमा पाँच वटा सडक योजना मार्फत एकै चोटी ३३ दशमलब ५ किलोमिटर कालोपत्रे हुन थालेको हो ।
पालिकाको कार्यालय रहेको चुलिडाँडालाई जोड्ने गरी सडक कालोपत्रेको कामले तीब्रता पाएको हो ।
हरिनाशमा पर्ने घुम्ती चिसापानी हुँदै चित्रे सडकको काउले खुदी सालडाँडा खण्ड सडक डिभिजन कार्यालय पोखराले र दग्दीदेखि कुलुङखोला हुँदै दोभान सम्म पाँच किमी कालोपत्रेको काम पालिकाले अगाडि बढाएको हो ।
तनहुँको अरुणोदयबाट सुरु भएको मिर्दी–क्याक्मी–भिमाद सडक २९ करोड ८० लाख ४१ हजार ६६४ रुपियाँ ४२ पैसा ओयसिस इन्जिनियरिङ एण्ड बुइल्डर्स प्राइभेट लिमिटेड काठमाडौंले काम गरेको हो ।
प्रदेश सरकाको गाउँपालिका जोड्ने कार्यक्रम अन्र्तगत शाँखे हुँदै चुलिडाँडा पुग्ने सडक ३२ करोड ६५ लाख ४७ हजार १४९ रुपियाँ ७० पैसामा काम भइरहेको अर्यालले बताउनुभयो ।
तीन करोड २३ लाख २१ हजार रुपियाँमा चाम्पेस्वर सिमरन जेभि काठमाडौं, एक खण्ड तीन करोड ५३ लाख २२ हजार रुपियाँमा पराजुली कन्ट्रक्सन लम्जुङले काम गरेको छ भने डेढ किमी कालोपत्रे गर्ने गरी एक खण्ड टेण्डर पालिकाले गरेको गाउँपालिका अध्यक्ष खिमनारायण मानन्धरले बताउनुभयो ।