Logo

बुधवार, श्रावण १३ गते २०८३

शहीद स्मारक ‘ए’ डिभिजन लिगमा पुलिस क्लबको पहिलो जित

शहीद स्मारक ‘ए’ डिभिजन लिगमा पुलिस क्लबको पहिलो जित

जोईन खबर

२७, चैत्र २०७९
  • 676
    SHARES
  • शहीद स्मारक ‘ए’ डिभिजन लिगमा  पुलिस क्लबको पहिलो जित

    २७ चैत काठमाडौ।  शहीद स्मारक ‘ए’ डिभिजन लिगमा  नेपाल पुलिस क्लबले पहिलो जित निकालेको छ । अघिलो बर्षको उपाधि दाबेदार पुलिसलाई यो बर्ष भन्ने हम्मेहम्मे पर्ने देखिएको छ । 

    images

     नेपाल पुलिस क्लबले सातौँ खेलमा विदेशी खेलाडी मोसेस सहित मैदानमा उत्रिएपछि एन्फा मैदान सातदोबाटोमा सोमबार भएको खेलमा फ्रेन्ड्स क्लबलाई ३–१ गोलले हरायो । 

    पुलिसको जितमा बुद्ध बल तामाङले दुई गोल  र अर्को गोल विदेशी खेलाडी मोसेसले थप्नुभएको थियो जितसँगै पुलिसले सात खेलबाट चार अङ्क बनाएको छ ।

    पराजित फ्रेन्ड्सको पनि समान चार नै अङ्क छ । दशरथ रङ्गशालामा भएको अर्को खेलमा चर्च ब्वाइज युनाइटेड र एपीएफ क्लबले गोलरहित बराबरी खेल्दै अङ्क बाँडेका छन् ।यस बराबरीले उपाधि दौडमा रहेको नवप्रवेशी चर्च ब्वाइजलाई केही धक्का लागेको छ । बराबरीसँगै चर्च ब्वाइजले सात खेलबाट १३ अङ्क बनाएको छ । 

    प्रकाशित मिति :चैत्र २७, २०७९ सोमवार - १८:०४:३३ बजे

    जोईन खबर

    images
    ताजा अपडेट
    धेरै पढिएको