३ बैशाख काठमाडौ। शहीद स्मारक ए डिभिजन लिग फुटबल अन्तर्गत आज दुई खेल हुँदै छन् । खेल दशरथ रङ्गशाला र च्यासल मैदानमा हुनेछ ।
च्यासल मैदानमा सङ्कटा क्लब र नेपाल एपीएफ क्लबबीच खेल हुनेछ भने त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा हुने खेलमा रोयल ब्लु सातदोबाटो युथ क्लव र नेपाल पुलिस क्लबबीच प्रतिस्पर्धा हुनेछ ।सङ्कटा र एपीएफबीचको खेल दिउँसो ३ बजे सुरु हुनेछ भने सातदोबाटो र पुलिसबीचको खेल साँझ ६ बजे मात्र सुरु हुनेछ ।