Logo

बुधवार, श्रावण १३ गते २०८३

एसीसी प्रिमियर कप मलेसियाद्वारा नेपाललाई २३६ रनको लक्ष्य

एसीसी प्रिमियर कप मलेसियाद्वारा नेपाललाई २३६ रनको लक्ष्य

जोईन खबर

५, बैशाख २०८०
  • 691
    SHARES
  • एसीसी प्रिमियर कप मलेसियाद्वारा नेपाललाई २३६ रनको लक्ष्य
    ५ बैशाख काठमाडौ।  एसीसी प्रिमियर कप २०२३ अन्तर्गतको पहिलो तथा उद्घाटन खेलमा नेपालले मलेसियाद्वारा रनको लक्ष्य पाएको छ ।किर्तिपुरस्थित टियु क्रिकेट मैदानमा मंगलबार जारी प्रतियोगिताको उद्घाटन खेलमा टस जितेर पहिले ब्याटिङ्ग गरेको पाहुना टोली मलेसियाले निर्धारित ५० ओभरमा ९ विकेट गुमाएर २३५ रनको योगफल तयार पारेको छ ।
     
    4.jpg
     

     नेपालले यसअघि पनि धेरै पटक मलेसियासँग प्रतिस्पर्धा गरिसकेको छ । मलेसियासँगको पछिल्लो पाँच भेटमा नेपाल अपराजित छ ।नेपाल आज पनि घरेलु मैदानको फाइदा उठाउँदै मलेसियाविरुद्धको पुरानै लयलाई निरन्तरता दिने चाहनामा छ ।3.jpg

    images

    १० राष्ट्रले प्रतिस्पर्धा गर्ने यस प्रतियोगितामा सहभागि टोलीलाई दुई समूहमा विभाजन गरिएको छ । जसअन्तर्गत समूह ‘ए’मा आयोजक नेपालसँगै मलेसिया,साउदी अरेविया,कतार र ओमान रहेका छन् । यस्तै समूह ‘बी’मा बहराइन, कुवेत, सिंगापुर, हङ्गकङ्ग र युएई रहेका छन् ।बैशाख १८ गतेसम्म किर्तिपरस्थित टियु क्रिकेट मैदान र मुलपानी क्रिकेट मैदान गरि दुई स्थानमा हुने प्रतियोगितामा कुल २४ खेल हुनेछन् ।

     

     

    प्रकाशित मिति :बैशाख ५, २०८० मंगलवार - १३:२४:५७ बजे

    जोईन खबर

    images
    ताजा अपडेट
    धेरै पढिएको