Logo

बुधवार, श्रावण १३ गते २०८३

दोस्रो मनासलु कपको फाइनल खेल हुदैः जलदेवि युवा क्लब आप्रिक र मनासलु युवा क्लब बाहाकोट

दोस्रो मनासलु कपको फाइनल खेल हुदैः जलदेवि युवा क्लब आप्रिक र मनासलु युवा क्लब बाहाकोट

मदन नगरकोटी

६, बैशाख २०८०
  • 940
    SHARES
  • दोस्रो मनासलु कपको फाइनल खेल हुदैः जलदेवि युवा क्लब आप्रिक र मनासलु युवा क्लब बाहाकोट
    ६बैशाख काठमाडौं । गोरखाको बारपाक सुलिकोट गाउँपालिका वडा न ६ बाहाकोटमा मनासलु युवा क्लब द्वारा आयोजित
    दोस्रो मनासलु कप नयाँ बर्षको अवसरमा बैशाख १ गते देखि ६ गते सम्म भएको खेलमा आज फाइनल हुँदै छ। यस खेलमा जम्मा ३१ टिमको सहभागिता रहेको थियो ।
     
    341048266_257470076669800_9134383919655358604_n.jpg
     
    दोस्रो मनासलु कपमा ए र बी समुहमा विभाजन गरिएको थियो। ए समुहबाट मनासलु युवा क्लब बाहाकोट र बि समुहबाट जलदेवि युवा क्लब आप्रिक फाइनल प्रवेश गरेकाे छ । दोस्रो मनासलु कपको लागि आज अन्तिम खेल हुँदै कस्ले मार्ला त बाजि जलदेवि र मनासलु बिच अब केही समयमा खेल सुरु हुन गइ रहेकाे छ । 
     
    341077614_1963082790693551_1748938736371330096_n.jpg
     
    यसै गरि दोस्रो मनासलु कपमा प्रथम स्थान हासिल गर्नेलाई कप मेडल प्रमाणपत्र र नगद  १ लाख १ हजार १ सय ११ रूपैया र साथै दोस्रो स्थान हासिल गर्नेलाई ५० हजार ५ सय ५५ रूपैयाँ पाउने छ । साथै बेस्ट किपर बेष्ट गोलकर्ता उत्कृष्ट खेलाडीलाई पनि पुरस्कार दिने निर्णय गरिएको छ। यस खेलमा जम्मा ३१ टिमको सहभागिता भए सँगै खेललाई रमाइलो र राम्रो बनाउदै आज फाइनल खेल साझा ४:०० बजे हुने जानाकारि क्लबका अध्यक्ष पवन गुरूङ र खेल संयोजक बालकृष्ण गुरूङले बताउनु भयो।
     
     
     
     
     
     
     
     
     

    प्रकाशित मिति :बैशाख ६, २०८० बुधवार - १६:४३:५६ बजे

    मदन नगरकोटी

    images
    ताजा अपडेट
    धेरै पढिएको