Logo

बुधवार, श्रावण १३ गते २०८३

दोस्रो मनासलु कपको उपाधि मनासलु युवा क्लब बहाकोटले हात पार्यो

दोस्रो मनासलु कपको उपाधि मनासलु युवा क्लब बहाकोटले हात पार्यो

मदन नगरकोटी

७, बैशाख २०८०
  • 2.7K
    SHARES
  • दोस्रो मनासलु कपको उपाधि मनासलु युवा क्लब बहाकोटले हात पार्यो
    ७बैशाख काठमाडौं । गोरखाको बारपाक सुलिकोट गाउँपालिका वडा न ६ बाहाकोटमा मनासलु युवा क्लब द्वारा आयोजित दोस्रो मनासलु कप नयाँ बर्षको अवसरमा बैशाख १ गते देखि ६ गते सम्मको खेलमा आज फाइनल खेलको प्रतिस्पर्धा सँगै आयोजकले उपाधि हात पारेको हो । 
     
    341113719_781692676809802_1800141500344941416_n.jpg
     
    खेलमा जम्मा ३१ टिमको सहभागिता थियो । दोस्रो मनासलु कपमा समूह ए र समूह बी दुई कोलम गरि राखिएको थियो। समूह ए बाट मनासलु युवा क्लब बाहाकोट र समूह बि बाट जलदेवि युवा क्लब आप्रिक फाइनल प्रवेश गरेको हो । हिजो साझ ४:०० बजे भएको खेलमा जलदेवि युवा क्लब आप्रिक र मनासलु युवा क्लब बहाकोट बिच निकै ठूलो प्रतिस्पर्धा भए पनि उपाधि भने आयोजक टिमले हात पारेको छ । फाइनल खेलमा पहिलो  सँग जलदेवि युवा क्लब आप्रिकले दुई गोल  अगाडी थियो ।pawan.jpg
     
    मनासलु क्लबले    पछिको समयको  दुई गोल गरेर खेल बराबरीमा भएकाे तथा खेलको अन्त सम्म पनि दुवै टिमको गोल बराबरीमा रोकिए पछि पेनल्टी सुट आउट बाट खेल अन्ते हुने रेफ्रि  र आयोजक टिमको निर्णय  भएको थियो।
     
    पेनल्टी सुट आउट बाट जलदेवि युवा क्लबको खेलाडीको एक पेन्लटी मनासलु युवा क्लबका गोल किपरले रोके सँगै मनासलु युवा क्लबले प्रथम स्थान हाँसिल गरे सँगै कप मेडल प्रमाणपत्र नगद रू १लाखा १ हजार १ सय ११ रूपैयाँ पाए को भने उपबिजेता टिमले कप मेडल प्रमाणपत्र नगद रू ५० हजार ५ सय ५५ पाएका हुन् ,भन्ने बिजेता टिममा मनासलु क्लब खेलाडीले उत्कृष्ट खेलाडी नगद रू२000 ,उत्कृष्ट गोलकर्ता नगद रू १५०० उत्कृष्ट किपरले नगद रू १५०० मनासलु युवा क्लबका खेलाडीले पाएका थिए । पुरस्कार वितरण खेल संयोजक बालकृष्ण गुरूङ द्वारा हस्तान्तरण गरिएको कुरा मनासलु क्लबका अध्यक्ष पवन गुरूङले बताउनु भयो।
     
     
     
     
    Seen by Madan Nrgu at March 31, 2023 at 1:51 PM

    प्रकाशित मिति :बैशाख ७, २०८० बिहिवार - १२:४६:०३ बजे

    मदन नगरकोटी

    images
    ताजा अपडेट
    धेरै पढिएको