७ बैशाख काठमाडौ। सहिद स्मारक ‘ए’ डिभिजन लिगमा दोस्रो स्थानमा हिमालयन शेर्पा क्लबलाई पराजित गर्दै थ्री स्टार क्लब उक्लिएको छ । एन्फा कम्प्लेक्समा बिहीबार भएको खेलमा शेर्पालाई १–० ले पराजित गर्दै थ्री स्टार दोस्रो स्थानमा उक्लन सफल भएको हो ।
३४औ मिनेटमा आदित्य शाक्यको पेनाल्टी बक्स बाहिरको प्रहारलाई गोलरक्षक किशोरले मुस्किलले पञ्च गर्दै बचाए । ४८औं मिनेटमा कप्तान विश्वास श्रेष्ठ पेनाल्टीमा चुक्दा शेर्पा बराबरीबाट चुक्यो । पेनाल्टी बक्समा एबायोमी फकुन्लेलाई पिटर सेगुनले फउल गरेपछि रेफ्रीले शेर्पालाई पेनाल्टी प्रदान गर्दा विश्वासको प्रहार आकासियो ।
८५औं मिनेटमा पिटर सेगुनले आफ्नो डिफेन्स लाइनबाट एक्लै बल अघि बढाउँदै पेनाल्टी बक्स बाहिरबाट गरेको प्रहारलाई किशोरले डाइभ दिदै बचाए ।
यस जितसँगै दोस्रो स्थानमा उक्लिएको थ्री स्टारको १० खेलबाट १८ पुगेको छ । एक खेल कम खेलेको सातदोबाटोको १७ अंक छ । पराजित शेर्पा १० खेलबाट ९ अंक जोडेर १३औं स्थानमा छ ।