Logo

बुधवार, श्रावण १३ गते २०८३

सन्दीप लामिछानेले रचे नयाँ इतिहास

सन्दीप लामिछानेले रचे नयाँ इतिहास

जोईन खबर

८, बैशाख २०८०
  • 757
    SHARES
  • सन्दीप लामिछानेले  रचे नयाँ इतिहास

    ८ बैशाख काठमाडौ।  सन्दीप लामिछानेले ओडिआई इतिहासमा  एसिसी प्रिमियर कपमा ओमानविरुद्ध अदिल शफिकलाई आउट गर्दै ओडिआई इतिहासकै दुर्लभ कीर्तिमान बनाएका हुन् । १३ औं ओभरको तेस्रो बलमा शफिकलाई १३ रनमा एलबीडब्लू आउट गर्दै उक्त दुर्लभ कीर्तिमान कायम बनाएका हुन् । सन्दीपले ४२ खेलमा १ सय विकेट पूरा गरेका छन् ।

    images

    सन्दीपले ओडिआईमा सर्वाधिक छिटो एक सय विकेट पूरा गर्ने कीर्तिमान अफगानिस्तानका राशिद खानको कीर्तिमान तोडेका हुन् । राशिद खानले ४४ खेलमा १ सय विकेट पूरा गरेका थिए । उक्त कीर्तिमान तोड्दै सन्दीप अव ओडिआईमा सर्वाधिक छिटो ४२ बलमा एक सय विकेट लिने पहिलो खेलाडी बनेका हुन् ।

    सन् २०१८ मा नेदरल्यान्ड्सविरुद्ध ओडिआईमा डेब्यू गरेका सन्दीपले तीन पटक पाँचमाथि विकेट लिएका छन् । सन्दीप ओडिआईमा नेपालबाट एक सय विकेट पूरा गर्ने पहिलो खेलाडी पनि बनेका छन् । सन्दीपले आइसिसी विश्वकप लिग–२ मा २०२० फेब्रुअरी १२ मा टियु मैदानमा सन्दीपले ६ ओभरमा १ मेडनसहित १६ रन खर्चेर ६ विकेट लिएका थिए ।

    सन्दीपले २०२१ सेप्टेम्बर १० मा पपुवा न्युगिनीविरुद्ध दोस्रो ओडिआई खेलमा अल अमरेतमा सन्दीपले ५।१ ओभरमा ११ रन खर्चेर ६ विकेट लिएका थिए ।

     

    प्रकाशित मिति :बैशाख ८, २०८० शुक्रवार - १४:१९:५२ बजे

    जोईन खबर

    images
    ताजा अपडेट
    धेरै पढिएको