
ओपनर तथा कप्तान मोहमद वासीम र विकेटकिपर ब्याट्सम्यान वृत्य अरविन्दले शतक प्रहार गरे। वासीमले १६० रन बनाए। ८२ बल खेलेर आउट हुनुअघि उनले ९ चौका र १६ छक्का प्रहार गरे। उनले ६२ बलमा शतक पूरा गरे।

वृत्यले ९६ बलमा शतक प्रहार गरे। उनले १३३ बलमा १७ चौका र ७ छक्काको मद्दतमा १७४ रन जोडे।आयन खानले ५० बलमा ७४ रन जोड्ने क्रममा ९ चौका र ३ छक्का हिर्काए।बलिङमा सिंगापुरका अद्वृत्य भार्गवाले ४ विकेट लिए।वासिमले गत महिना पनि कीर्तिपुर मैदानमा शतक हिर्काएका थिए। उनले विश्वकप क्रिकेट लिग-२ अन्तर्गत पपुवा न्युगिनीविरुद्ध ११९ रन बनाएका थिए।