काठमाडौं । जोनी बेयरिष्टो शतक बनाएपछि वेष्ट इन्डिजविरुद्ध पहिलो टेष्टको पहिलो दिन इङ्ल्यान्डले मध्यम सुरुआत गरेको छ ।
एक समय इङ्ल्यान्ड ४८–४ को स्थितीमा थियो । पहिलो दिन सकिँदा इङ्ल्यान्ड २६८/६ को स्थितीमा छ । इङ्ल्यान्डका बेयरिष्टो १०९ र क्रिस वक्स २४ रन बनाएर क्रिजमा छन् । बेयरिष्टोले बेन स्टोक्ससँग पाँचौं विकेटका लागि ६७ रनको साझेदारी गरे । स्टोक्स ३६ रन बनाएर आउट भए ।
बेयरिष्टोले बेन फोक्ससँग छैटौं विकेटका लागि ९९ रनको साझेदारी गरे । फोक्सले ४२ रन बनाए । बेयरिष्टोले वक्ससँग सातौं विकेटका लागि ५४ रनको अविजित साझेदारी गरेका छन् ।
वेष्ट इन्डिजका केमर रोच, जेडेन सिलस र जसोन होल्डरले समान दुई विकेट लिए ।