१२ बैशाख काठमाडौ। एसिसी प्रिमियर कपमा टियु क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको सिंगापुर ३१.४ ओभरमा १ सय १३ रनमा अल आउट भयो ।सिंगापुरका आमत्य कौलले ६० बलमा ९ चौकासहित सर्वाधिक ४५ रन बनाए ।
मनप्रीत सिंह ४४ बलमा ३ चौका र १ छक्कासहित २८ रनमा आउट भए । कुवेतको स्पिन आक्रामण सामू निरिह बन्नेक्रममा सिंगापुरका ८ खेलाडीले दोहोरो अंकमा रन बनाउन सकेनन् । ओपनर अरित्र दत्त ४, अवि दिक्षित २, विनोथ भास्करन, सुरेन्द्र चन्द्रमोहन ६, थिलिपन १३, अर्यान मोदी, अक्षय पुरी र रमेश कलिमुथुले खाता खोल्न सकेनन् । कुवेतका मोहम्मद इस्लामले ८.४ ओभरमा २० रन खर्चेर सर्वाधिक पाँच विकेट लिए ।
समूह बी मा सिंगापुर सुरुवाती तीन खेलमा हारका साथ बाहिरी सकेको छ । कुवते २ खेलमा १ मा जित र १ मा हारसहित चौथो स्थानमा छ । कुवेतले अन्तिम खेल बिहीबार खेल्नेछ । यी दुबै खेलमा विजयी हुँदा कुवेत भने सेमिफाइनलमा स्थान बनाउनेछ ।