१४ बैशाख काठमाडौ। नेपालले एसिसी प्रिमियर कपमा कतारलाई १ सय ५८ रनको मध्यम लक्ष्य दिएकोछ । टियु क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको नेपाल ४०.३ ओभरमा १ सय ५७ रनमा अल आउट भयो ।

नेपालका सन्दीप लामिछाने ५८ बलमा ६ चौकासहित सर्वाधिक ४२ रनमा नट आउट रहे । एक समय २८ ओभरमा १११-९ को अवस्थामा पुगेको नेपाललाई ललित र सन्दीपले अन्तिम विकेटका लागि ४६ रनको साझेदारी गर्दै सम्मानजनक योगफलमा पुर्याएका थिए ।

सोमपाल कामी ११ रनमा क्याच आउट भए । सोमपाल आउट हुँदा नेपाल २१ ओभरमा ८४–६ को दयनीय अवस्थामा पुगेको थियो । सातौं विकेटका लागि दीपेन्द्र र आरिफले १८ रनको साझेदोरी गरेका थिए ।
आमिरकै बलमा दीपेन्द्र टप एज लागेर १२ रनमा क्याच आउट भए । गुलशन झा ७ रनमा क्याच आउट भए । स्पिनर क्वाइस अहमदको बलमा ठूलो सट खेलेका गुलशन लङअनमा मुनाविराबाट विश्वस्तरीय क्याच आउट भएपछि नेपालको झिनो आशा समाप्त भएको थियो ।
कतारका बायाँ हाते तीव्र गतिका बलर आमिर फारुकले ९.३ ओभरमा ४२ रन खर्चेर सर्वाधिक ४ विकेट लिए । क्वाइस अहमदले १० ओभरमा ३६ रन खर्चेर ३ विकेट लिए । गयान मुनाविराले ७ ओभरमा ३८ रन खर्चेर २ विकेट लिए । इक्रामउल्लाह खानले १० ओभरमा २८ रन खर्चेर १ विकेट लिए ।