नेपालले एसिसी प्रिमियर कपमा कतारलाई ६८ रनले हराउँदै नेपाल सेमिफाइनलमा स्थान बनाएको छ ।नेपालले जितको लागि १ सय ५८ रनको मध्यम विजयी लक्ष्य पछ्याएको कतार २५.१ ओभरमा ८९ रनमा अल आउट भयो । स्पिनर ललितनारायण राजवंशीको तेस्रो ओभरको दोस्रो बलमा ठूलो सट खेल्ने धुनमा एज लागेर उनी दीपेन्द्रसिंह ऐरीबाट क्याच आउट भएका थिए ।

सोमपाल कामीले मोहम्मद तनविरलाई शून्यमा बोल्ड गरेपछि कतार ९.४ ओभरमा ३२-४ को कमजोर अवस्थामा पुगेको थियो । सोमपाल कामीको १२ औं ओभरको अन्तिम बलमा इक्रामउल्लाह खान पाँच रनमा भीम सार्कीले स्क्वायर लेगमा सानदार क्याच लिएपछि कुवेत ३७-५ को अवस्थामा पुगेको थियो ।

नेपालका सन्दीप लामिछानेले ९.१ ओभरमा ३ मेडनसहित १४ रन खर्चेर सर्वाधिक ५ विकेट लिए । सोमपाल कामीले ७ ओभरमा १ मेडनससहित २४ रन खर्चेर ३ विकेट लिए । स्पिनर ललित नारायण राजवंशीले ५ ओभरमा २७ रन खर्चेर ३ विकेट लिए ।
आमिर फारुकको बलमा ललित एलबीडब्लू आउट भएपछि नेपाल अल आउट भएको थियो । ललितले १७ बल खेल्दा एक रन बनाए । सन्दीपपछि रोहित पौडेलले ३६ बलमा २ चौकासहित २७ रन बनाएका थिए । आसिफ शेख २७ बलमा २ चौकासहित १९ रनमा आउट भए । नेपालले ओपनर कुशल भुर्तेललाई दुई रनमै गुमाएको थियो ।

नेपालले आसिफ आउट भएपछि आश्चर्य रुपमा सोमपाललाई ब्याटिङमा पठाएको थियो । कप्तान रोहित पौडेल कट बिहाइन्ड हुँदै पेभेलिएन फर्किए । स्पिनर क्वाइस अहमदको १६ औं ओभरको तेस्रो बलमा रोहित कट खेल्ने धुनमा विकेटकिपरबाट क्याच आउट भएका थिए आमिरकै बलमा दीपेन्द्र टप एज लागेर १२ रनमा क्याच आउट भए । गुलशन झा ७ रनमा क्याच आउट भए ।
कतारका बायाँ हाते तीव्र गतिका बलर आमिर फारुकले ९.३ ओभरमा ४२ रन खर्चेर सर्वाधिक ४ विकेट लिए । क्वाइस अहमदले १० ओभरमा ३६ रन खर्चेर ३ विकेट लिए । गयान मुनाविराले ७ ओभरमा ३८ रन खर्चेर २ विकेट लिए । इक्रामउल्लाह खानले १० ओभरमा २८ रन खर्चेर १ विकेट लिए ।

नेपाल ४ खेलमा ३ मा जित र १ मा अंक बाँड्दै ७ अंकका साथ शीर्ष स्थानमा रहेर समूह ए को विजेताको रुपमा सेमिफाइनलमा पुगेको छ । ओमान ४ खेलमा ३ मा जित र १ खेलमा हारका साथ ६ अंकका साथ दोस्रो स्थानमा रहँदै समूह उपविजेताको रुपमा सेमिफाइनलमा स्थान बनायो ।

