Logo

बुधवार, श्रावण १३ गते २०८३

एसिसी प्रिमियर कपको फाइनलमा सोमबार नेपाल र युएई खेल्ने

एसिसी प्रिमियर कपको फाइनलमा सोमबार नेपाल र युएई खेल्ने

जोईन खबर

१७, बैशाख २०८०
  • 643
    SHARES
  • एसिसी प्रिमियर कपको फाइनलमा सोमबार  नेपाल र युएई खेल्ने

    १७ बैशाख काठमाडौ।एसिसी प्रिमियर कपको फाइनलमा सोमबार नेपाल र युएई खेल्ने छ । नेपाल पहिलो सेमिफाइनलमा कुवेतसँग भारी वर्षको कारण खेल  रद्द भएपछि समूह विजेता रुपमा फाइनलमा प्रवेश गरेको हो ।युएईले सेमिफाइनल खेलमा ओमानलाई दुई रनले हराउँदै नेपालसँगको फाइनल भेट पक्का गरेको हो । फाइनल सोमबारलाई राखिएको छ ।

    images

    सोमबार र मंगलबार दुबै दिन वर्षाको कारण खेल हुन सकेन भने सुपर ओभर गराउन प्रयास गरिनेछ । सुपर ओभर पनि टाई भएमा अर्को सुपर ओभर हुनेछ ।वर्षाको कारण सुपर ओभर पनि हुनसक्ने अवस्था नभएमा आइसिसीको ओडिआई वरियतामा माथि हुने टोली एसिया कपमा पुग्नेछ ।

    आइसिसीको ओडिआई वरियतामा नेपाल १४ औं र युएई १९ औं स्थानमा छन् ।खेल रद्द हुँदा नेपाल ओडिआई वरियताको कारण एसिया कपमा पुग्दै भारत र पाकिस्तानसँग खेल्न पाउनेछ ।एसिया कपमा नेपाल पाकिस्तान, भारत र प्रिमियर कप विजेता समूह ए मा हुनेछन् ।

    समूह बी मा बंगलादेश, श्रीलंका र अफगानिस्तान हुनेछन् । शीर्ष दुई टोली फाइनल खेल्नेछन् । एसिया कप विश्वकप अघि एसिया टोलीको अन्तिम तयारी हो । एकदिवसीय विश्वकप आगमी अक्टोबर नोभेम्बरमा भारतमा हुनेछ । 

     

    प्रकाशित मिति :बैशाख १७, २०८० आइतवार - ११:२७:०३ बजे

    जोईन खबर

    images
    ताजा अपडेट
    धेरै पढिएको