१७ बैशाख काठमाडौ।एसिसी प्रिमियर कपमा वर्षाको कारण तेस्रो स्थानको लागि कुवतेसँगको खेल रद्द भएसँगै ओमान आगमी जुलाईमा हुने एसिसी इमर्जिङ टिम्स एसिया कपको लागि छनोट भएको छ ।ओमान ओडिआई वरियताको आधारमा इमर्जिङ टिम्स एसिया कपमा पुगेको हो । कुवेत भने ओडिआई टोली होईन । ओमान भने १८ औं ओडिआई स्थानमा छ । खेल नतिजा विहीन हुँदा सुपर ओभरको कारण ओमान तेस्रो हुँदै इमर्जिङ टिम्स एसिया कपमा पुगेको हो ।
जितको लागि १ सय ३१ रनको सामान्य विजयी लक्ष्य पछ्याएको ओमानले ६ ओभरमा ४१ रन बनाउँदा कुनै विकेट नगुमाउँदा वर्षाको कारण खेल रोकिएको थियो । ओमानका जतिन्दर सिंह १९ बलमा ३ चौका र १ छक्कासहित २६ र कश्याप प्रजापति १३ रनमा अविजित थिए । त्यसअघि टियु क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको कुवेत ३१.३ ओभरमा १ सय ३० रनमा अल आउट भएको थियो ।
कुवेतका ओपनर आदनान इद्रिसले ४८ बलमा ६ चौकासहित सर्वाधिक ३४ रन बनाए । अन्तिम विकेटको रुपमा आउट भएका सैयद मुनिब १० बलमा ५ चौका र १ छक्कासहित २८ रनमा आउट भए । ओपनर रविजा सनदरुवान १२ र मोहम्मद अस्लाम समान १२ रनमा आउट भए । यासिन पटेल १७, मित भावसार, शिराज खान र बिलाल ताहिरले खाता खोल्न सकेनन् ।कुवेत भने नेपालसँगको खेल वर्षाको कारण रद्द भएपछि बाहिरिएको थियो । सोमबार नेपाल र युएईबीच फाइनलको लागि प्रतिस्पर्धा हुनेछ ।