१७ बैशाख काठमाडौ। एसीसी प्रिमियर कपको टिकेटिङ पार्टनर ‘माइ पे’ले डिजिटल टिकट काट्नेहरूलाई विहान ८ बजेअघि नै मैदानमा आउन अनुरोध गरेको छ।
आइतबार सामाजिक सञ्जालमार्फत ‘माइ पे’ कम्पनीले डिजिटल टिकट काट्नेहरूलाई विहान ८ बजेअघि नै मैदानमा आउन आग्रह गरेको हो।प्रिमियर कपको फाइनलका लागि नेपाल र युएईबीच विहान ९ बजेदेखि प्रतिस्पर्धा हुनेछ।
फाइनलको दिन मैदानमै गएर टिकट काट्नेहरू प्रवेश गर्दा डिजिटल टिकट काट्नेहरूले ठाउँ पाउने सम्भावना कम हुने भएकाले यस्तो अनुरोध गरिएको कम्पनीले जनाएको छ।लिग–२ को अन्तिम खेल पनि नेपाल र युएईबीच नै भएको थियो। उक्त खेलमा करिब २५ हजारभन्दा बढि दर्शक त्रिवि क्रिकेट मैदानमा जम्मा भएका थिए।