Logo

बुधवार, श्रावण १३ गते २०८३

एसिसी प्रिमियर कपको फाइनलमा पानी परे के हुन्छ ? भोलिको खेल

एसिसी प्रिमियर कपको फाइनलमा पानी परे के हुन्छ ? भोलिको खेल

जोईन खबर

१७, बैशाख २०८०
  • 733
    SHARES
  • एसिसी प्रिमियर कपको फाइनलमा पानी परे के हुन्छ ? भोलिको खेल

    १७ बैशाख काठमाडौ।नेपालले एसिसी प्रिमियर कपको फाइनलमा सोमबार युएईसँग खेल्नेछ ।युएईले सेमिफाइनल खेलमा ओमानलाई दुई रनले हराउँदै नेपालसँगको फाइनल भेट पक्का गरेको हो । तर आगमी बिहीबार सम्म काठमाडौंमा वर्षा हुने सम्भावना छ । फाइनल सोमबारलाई राखिएको छ । सोमबार हुन नसकेको खण्डमा खेल मंगलबार हुनेछ ।

    images

    आइसिसीको ओडिआई वरियतामा नेपाल १४ औं र युएई १९ औं स्थानमा छन् । यदि खेल र सुपर ओभर कुनै नभएमा खेल रद्द हुनेछ । खेल रद्द हुँदा नेपाल ओडिआई वरियताको कारण एसिया कपमा पुग्दै भारत र पाकिस्तानसँग खेल्न पाउनेछ ।

    एसिया कपमा घरेलु टोली पाकिस्तान, भारत र प्रिमियर कप विजेता समूह ए मा हुनेछन् । समूह बी मा बंगलादेश, श्रीलंका र अफगानिस्तान हुनेछन् । समूह चरणमा एक अर्कासँग खेलेपछि शीर्ष दुई टोली सुपर फोर खेल्नेछन् ।

    एकदिवसीय विश्वकप आगमी अक्टोबर नोभेम्बरमा भारतमा हुनेछ । विश्वकप खेल्न भने नेपालले आगमी जुन जुलाईमा जिम्बावेमा हुने १० टोली सहभागी विश्वकप छनोटमा समूह चरण, सुपर सिक्स हुँदै ।

    फाइनलमा स्थान बनाउनु पर्ने हुन्छ।एसिसी प्रिमियर कपको फाइनलमा स्थान बनाएसँगै युएई र नेपालले आगमी जुलाईमा हुने एसिसी इमर्जिङ टिम्स एसिया कपमा स्थान बनाएका छन् । 

    प्रकाशित मिति :बैशाख १७, २०८० आइतवार - १९:०३:४२ बजे

    जोईन खबर

    images
    ताजा अपडेट
    धेरै पढिएको