नेपाल क्रिकेट संघ (क्यान)का अनुसार आज टिकट काटेका दर्शकलाई पहिलो प्राथमिकतामा राखेर बाँकी रहेको टिकट अन्य दर्शकलाई नि:शुल्क उपलब्ध गराइने भएको छ ।
नेपालविरुद्ध यूएईले भोलि २७.३ ओभरबाट आफ्नो ब्याटिङ थाल्नेछ । आज खेल रोकिने बेलासम्म यूएईले २७.२ ओभरमा ९ विकेट गुमााएर मात्रै १०६ रन बनाएको छ ।
भोलि पानी परेर २० ओभर पनि खेल नहुने स्थिति भए सुपर ओभरमा नतिजा लिइनेछ ।पहिलो सुपर ओभर टाई भए, दोस्रो सुपरओभर हुनेछ र, त्यो पनि नभए नेपालले एकदिवसीय वरियतामा माथि रहेको हैसियतले एसिया कपमा स्थान बनाउने छ ।

