१९ बैशाख काठमाडौ।। एसीसी प्रिमियर कपको फाइनलमा यूएईविरुद्ध शानदार जित हाँसिल गर्दै नेपाल एसिया कपमा छनोट भएको छ । एसिया कप सेप्टेम्बर १ देखि १४ सम्म पाकिस्तानमा हुँदैछ । नेपालले भारत र पाकिस्तान रहेको समूह ए बाट एसिया कप खेल्नेछ ।
जितको लागि १ सय १८ रनको सामान्य विजयी लक्ष्य नेपालले ३०.३ ओभरमा ३ विकेट गुमाउँदै पूरा गर्यो । नेपालको जितमा गुलशन झा ८३ बलमा ३ चौका र ६ छक्कासहित ६७ रनमा अविजित रहे । भीम सार्की ७२ बलमा ४ चौकासहित ३६ रनमा क्रिजमा रहे । चौथो विकेटका लागि गुलशन झा र भीम सार्कीले ९६ रनको अविजित साझेदारी गरेका थिए ।

