१९ वैशाख काठमाडौं । काठमाडौँमा जारी एसीसी मेन्स प्रिमियर कपमा टियु मैदानमा यूएईलाई ७ विकेटले पराजित गर्दै नेपाल एसीसी प्रिमियर कपको उपाधि जितेको छ ।
टियु मैदानमा खेलका क्रममा नेपालका ओपनर आसिफ शेख र यूएईका रोहन मुस्तफाबीच विवाद भएको थियो।यूएईका फिल्डरहरुले नेपाली ब्याट्सम्यानलाई सुरुदेखि नै दबावमा राख्न खोजेका थिए । ननस्ट्राइकमा भएका बेला पनि आसिफ र मुस्तफाबीच विवाद भयो । त्यसबेला अम्यायर र अरु फिल्डरले रोकेका थिए ।
खेल सकिएपछि विवाद भयो । दुवै टिमका खेलाडीहरुले हात मिलाउने क्रममा थिए आसिफले मुस्तफासँग हात मिलाउन चाहेनन् ।दुई खेलाडीबीच विवाद भएपछि अरुले छुट्याएका थिए ।