१९ वैशाख, काठमाडौं । एसीसी प्रिमियर कपको च्याम्पियन बन्दै नेपालले एसिया कपमा स्थान बनाएपछि टीयू मैदानमा उल्लास छाएको छ ।वर्षाले प्रभावित भएको खेल पर्खिरहेका हजारौं दर्शकले दुई दिनको फाइनल खेलपछि विजय उत्सव मनाएका छन् ।
सोमबार वर्षाका कारण दुई पटक खेल रोकिएको थियो । सोही खेल आज बिहानदेखि सुरु भएर सकिएको हो ।यूएईले दिएको ११८ रनको लक्ष्य नेपालले ३०.३ ओभरमा तीन विकेट गुमाएर भेटाएको हो ।मौसम खराब भए पनि दुई दिन टीयू मैदान खचाखच भरिएको थियो ।



