२४ बैशाख काठमाडौ।सहिद स्मारक ए डिभिजन लिग अन्तर्गत आइतबार दुई खेल हुँदैछन् । खेलमा संकटा क्लब खराब लयलाई अन्त्य गर्दै रेलिगेसन क्षेत्र छोड्ने प्रयासमा हुनेछ ।संकटाले आज एन्फा कम्पलेक्स मैदानमा त्रिभुवन आर्मी क्लबको सामना गर्दैछ । पहिलो लेगमा यी दुई टोलीको खेल गोलरहित बराबरीमा सकिएको थियो । संकटा १४ खेलमा १६ अंकसाथ १३ औं स्थानमा छ । आर्मी १४ खेलमा २० अंक जोड्दै छैटौं स्थानमा रहेको छ ।
संकटाले पछिल्लो खेलमा मच्छिन्द्रसँग ३(१ को हार बेहोरेको थियो । आर्मी पनि पछिल्लो खेलमा मनाङ मर्स्याङ्दी क्लबसँग इन्ज्युरी समयमा गोल खाँदै १(० ले पराजित भएको थियो ।दिनकै अर्को खेल एपिएफ र मच्छिन्द्रबीच दशरथ रंगशालामा दिउँसो ३ बजे नै हुनेछ । दुवै टोलीले पछिल्लो ५ मध्य १ खेलमा मात्र हार बेहोरेका छन् । पहिलो लेगमा एपिएफले अर्मान्ड बेडमको गोलको सहयोगमा १(० को जित दर्ता गरेको थियो ।