२६ बैशाख काठमाडौ। निष्पक्ष न्यायको पक्षमा क्रियाशील हुने प्रेरणा मिल्ने विश्वास प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले गरेका छन् ।कानुन तथा न्याय दिवसको अवसरमा शुभकामना दिँदै प्रधानमन्त्री प्रचण्डले स्वतन्त्र न्यायपालिकाका लागि क्रियाशील हुनेमा विश्वास पनि गरेका छन् ।
कानुन दिवसको अवसरमा कानुन न्याय तथा मानवअधिकारको क्षेत्रमा क्रियाशील व्यक्तित्वका साथै सम्पूर्ण नेपालीहरूमा हार्दिक शुभकामना, ‘आजको दिनले स्वतन्त्र न्यायपालिका, सरल, स्वतन्त्र एवं निष्पक्ष न्यायका पक्षमा क्रियाशील हुन हामी सबैलाई थप प्रेरणा मिल्ने विश्वास प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले व्यक्त गर्नुभयो।

