Logo

बुधवार, श्रावण १३ गते २०८३

रियल म्याड्रिड र म्यानचेस्टर सिटी भिड्दै !!

रियल म्याड्रिड र म्यानचेस्टर सिटी भिड्दै !!

जोईन खबर

२६, बैशाख २०८०
  • 706
    SHARES
  • रियल म्याड्रिड र म्यानचेस्टर सिटी भिड्दै !!

    २६ बैशाख काठमाडौ।युइएफए च्याम्पियन्स लिगको सेमिफाइनलको पहिलो लेगमा आज ९मंगलबार० राति दुई हेवीवेट टोली स्पेनको रियल म्याड्रिड र इंग्ल्यान्डको म्यानचेस्टर सिटीबीच प्रतिस्पर्धा हुँदैछ ।

    images

    साविक विजेता रियल र यो सिजन उच्च लयमा रहेको सिटीबीचको खेल रोमाञ्चक र प्रतिस्पर्धात्मक हुने अनुमान गरिएको छ । पेप ग्वार्डिओलाको सिटी गत सिजन सेमिफाइनलमै रियलसँग भोगेको हारको बदला लिने लक्ष्यमा हुनेछ ।

    सेमिफाइनलको पहिलो लेगमा सिटी ४–३ ले विजयी हुँदा दोस्रो लेगमा रियलले ३–१ को तथा समग्रमा ६–५ को जित निकालेर फाइनल पुग्दै कीर्तिमानी १४औं पटक उपाधि जित्न सफल भएको थियो ।

    हालान्डसँगै टोलीमा रियाद महारेज, ज्याक ग्रेलिस, इल्केए गुन्डोगान, केभिन डि ब्रुएना, बर्नाडो सिल्भा, रोड्री, जोन स्टोन्स, रुवेन डियास र गोलरक्षक एडर्सन मोराएस छन् । यसबाहेक टोलीसँग फिल फोडेन, म्यानुएल एकान्जी र जुलियन अल्भारेज पछि छ ।

    सिजन गोलको वर्षा गर्दै कीर्तिमान रचिसकेको नर्वेली युवा फरवार्ड एर्लिङ ब्राउट हालान्ड रियलविरुद्ध सिटीको मुख्खखय हतियार हुनेछ । रियलको डिफेन्स र गोलरक्षकलाई यि फरवार्डले निकै व्यस्त राख्नेछन् । यो सिजन ५० गोल पूरा गरिसकेका हालान्डलाई रोक्न गाह्रो हुनेछ ।

    प्रकाशित मिति :बैशाख २६, २०८० मंगलवार - १५:३५:५३ बजे

    जोईन खबर

    images
    ताजा अपडेट
    धेरै पढिएको