Logo

मंगलवार, कार्तिक ११ गते २०८३

रियल म्याड्रिड र म्यानचेस्टर सिटी भिड्दै !!

रियल म्याड्रिड र म्यानचेस्टर सिटी भिड्दै !!

जोईन खबर

२६, बैशाख २०८०
  • 760
    SHARES
  • रियल म्याड्रिड र म्यानचेस्टर सिटी भिड्दै !!

    २६ बैशाख काठमाडौ।युइएफए च्याम्पियन्स लिगको सेमिफाइनलको पहिलो लेगमा आज ९मंगलबार० राति दुई हेवीवेट टोली स्पेनको रियल म्याड्रिड र इंग्ल्यान्डको म्यानचेस्टर सिटीबीच प्रतिस्पर्धा हुँदैछ ।

    images

    साविक विजेता रियल र यो सिजन उच्च लयमा रहेको सिटीबीचको खेल रोमाञ्चक र प्रतिस्पर्धात्मक हुने अनुमान गरिएको छ । पेप ग्वार्डिओलाको सिटी गत सिजन सेमिफाइनलमै रियलसँग भोगेको हारको बदला लिने लक्ष्यमा हुनेछ ।

    images
    images
    images

    सेमिफाइनलको पहिलो लेगमा सिटी ४–३ ले विजयी हुँदा दोस्रो लेगमा रियलले ३–१ को तथा समग्रमा ६–५ को जित निकालेर फाइनल पुग्दै कीर्तिमानी १४औं पटक उपाधि जित्न सफल भएको थियो ।

    हालान्डसँगै टोलीमा रियाद महारेज, ज्याक ग्रेलिस, इल्केए गुन्डोगान, केभिन डि ब्रुएना, बर्नाडो सिल्भा, रोड्री, जोन स्टोन्स, रुवेन डियास र गोलरक्षक एडर्सन मोराएस छन् । यसबाहेक टोलीसँग फिल फोडेन, म्यानुएल एकान्जी र जुलियन अल्भारेज पछि छ ।

    सिजन गोलको वर्षा गर्दै कीर्तिमान रचिसकेको नर्वेली युवा फरवार्ड एर्लिङ ब्राउट हालान्ड रियलविरुद्ध सिटीको मुख्खखय हतियार हुनेछ । रियलको डिफेन्स र गोलरक्षकलाई यि फरवार्डले निकै व्यस्त राख्नेछन् । यो सिजन ५० गोल पूरा गरिसकेका हालान्डलाई रोक्न गाह्रो हुनेछ ।

    प्रकाशित मिति :बैशाख २६, २०८० मंगलवार - १५:३५:५३ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको