Logo

बुधवार, श्रावण १३ गते २०८३

सहिद स्मारक ए डिभिजन लिगमा चर्च ब्वाइज र मच्छिन्द्र शीर्षस्थानमा उक्लन भिड्दै !!

सहिद स्मारक ए डिभिजन लिगमा चर्च ब्वाइज र मच्छिन्द्र शीर्षस्थानमा उक्लन भिड्दै !!

जोईन खबर

२७, बैशाख २०८०
  • 742
    SHARES
  • सहिद स्मारक ए डिभिजन लिगमा चर्च ब्वाइज र मच्छिन्द्र शीर्षस्थानमा उक्लन भिड्दै  !!

    २७ बैशाख काठमाडौ।एन्फा कम्प्लेक्समा ३ बजे सुरु हुने खेल चर्च ब्वाइज युनाइटेड र मच्छिन्द्र क्लबबीच हुनेछ । पछिल्लो तीन खेलमा लगातार जित हासिल गरेको चर्च ब्वाइज अंक तालिकामा ३ अंकको स्पष्ट अग्रता कायम गर्न जित चाहन्छ । यता लिगको पछिल्लो ५ खेल अपराजित रहेको मच्छिन्द्र शीर्ष स्थानमा रहेका दुई क्लबसँग अंक बराबर गर्ने अवसर सदुपयोग गर्ने लक्ष्यमा हुनेछ । यी दुई बीच पहिलो लेग गोलरहित बराबरीमा टुंगिएको थियो ।

    images

    चर्च ब्वाइजका लागि राष्ट्रिय टोलीका फरवार्ड अन्जन विष्ट लयमा फर्कनु र कप्तान अनन्त तामाङ चोटबाट पुनरागमन गर्नु खुसीको खबर रहेको छ । अन्जनले पछिल्लो दुई खेलमा ह्याट्रिकसहित ४ गोल गरेका छन् । उनको आगमनले प्रशिक्षक बालगोपाल महर्जनलाई टोली छनोटमा पनि पर्याप्त विकल्प देखिएको छ । यद्यपि एरिक विष्टको चोटले भने टोलीलाई केहि समस्या दिएको छ ।

    दशरथ रंगशालामा दिउँसो ३ बजे हुने अर्को खेलमा एपिएफ र आर्मी भिड्नेछन् । पहिलो लेगमा एपिएफले आर्मीलाई हराएको थियो । तर त्यसयता भने आर्मीले लय समातेको छ । आर्मीले पछिल्लो ५ मध्य १ खेल मात्र हारेको छ । एपिएफ भने पछिल्लो खेलमा मच्छिन्द्रसँग इन्ज्युरी समयमा गोल खाँदै पराजित भएको थियो 

    प्रकाशित मिति :बैशाख २७, २०८० बुधवार - १६:४०:३२ बजे

    जोईन खबर

    images
    ताजा अपडेट
    धेरै पढिएको