Logo

बुधवार, श्रावण १३ गते २०८३

सहिद स्मारक ए डिभिजनमा आज रेलिगेसन क्षेत्रको भिडन्त !!

सहिद स्मारक ए डिभिजनमा आज रेलिगेसन क्षेत्रको भिडन्त !!

जोईन खबर

२९, बैशाख २०८०
  • 703
    SHARES
  • सहिद स्मारक  ए डिभिजनमा आज रेलिगेसन क्षेत्रको भिडन्त !!

    २९ बैशाख काठमाडौ।  सहिद स्मारक ए डिभिजन लिग अन्तर्गत शुक्रबार रेलिगेसन क्षेत्रमा रहेका क्लबहरुबीच मध्य तालिकामा उक्लनका लागि प्रतिस्पर्धा हुँदैछ । आज अंक तालिकाको तल्लो भागमा रहेका ७ मध्य ६ टोली प्रतिस्पर्धामा हुनेछन् ।दिउँसो ३ बजे दशरथ रंगशालामा संकटा क्लबले नेपाल पुलिस क्लबसँग खेल्नेछ ।

    images

    आजको खेलमा जित हासिल गरे पुलिसले पुछार छाड्ने सम्भावना छ । पहिलो लेगमा संकटाले च्यासल मैदानमा ३(० को जित दर्ता गरेको थियो । गत सिजन पनि संकटा नै १(० ले विजयी भएको थियो ।दिउँसो ३ बजे नै एन्फा कम्पलेक्समा मनाङ मर्स्याङ्दी क्लब र हिमालयन शेर्पा खेल्नेछन् । नयाँ प्रशिक्षक विष्णु गुरुङको आगमनपछि मनाङले लगातार दुई खेल बराबरी खेलेको छ । यता शेर्पा ४ खेलको अपराजित यात्रापछि जावलाखेलसँग पछिल्लो खेलमा हारेको थियो ।


    पहिलो लेगमा यी दुई टोलीले १(१ को बराबरी खेलेका थिए । आजको खेलमा विंगर सुमित श्रेष्ठ मनाङको टोलीमा उपलब्ध छैनन् । हिमालयन शेर्पा र मनाङको समान २० अंक रहेकाले आजको खेल जित्ने टोलीले छैटौं स्थानमाथि पुग्ने अवसर छ ।साँझ ६ बजे दशरथ रंगशालामा न्यु रोड टिम ९एनआरटी० र फुटबल क्लब खुमलटार खेल्दैछन् ।

    प्रकाशित मिति :बैशाख २९, २०८० शुक्रवार - १५:२१:३६ बजे

    जोईन खबर

    images
    ताजा अपडेट
    धेरै पढिएको