२९ बैशाख काठमाडौं । सहीद स्मारक ए डिभिजन लिगमा शुक्रबार नेपाल पुलिस क्लबले र संकटा क्लब बिचको खेलमा त्रिपुरेश्वरस्थित दशरथ रंगशालमा भएको खेलमा दुई विदेशी खेलाडीको गोलमा पुलिसले संकटालाई २-१ ले हरायो ।
खेलको आठौं मिनेटमै मोसेस ट्वुमले गोल गर्दै पुलिसलाई अग्रता दिलाएका थियो ।दोस्रो हाफमा अर्को विदेशी खेलाडी मोहम्मद आशिकले पुलिसका लागि विजयी गोल गरे ।मोह म्मद आशिकले ७९औं मिनेटमा गोल गर्दै पुलिसलाई जितसहित ३ अंक दिलाए ।
पाँचौ जित हो र जितपछि १७ खेल १९ अंक जोडेर पुलिस अन्तिम स्थान छाड्दै ११औं स्थानमा उक्लेको छ ।