Logo

मंगलवार, कार्तिक ११ गते २०८३

टी–२० विश्वकपका लागि एसिया क्षेत्रको छनोट खेल नेपालमा हुने

टी–२० विश्वकपका लागि एसिया क्षेत्रको छनोट खेल नेपालमा हुने

जोईन खबर

१, जेठ २०८०
  • 673
    SHARES
  • टी–२० विश्वकपका लागि एसिया क्षेत्रको छनोट खेल नेपालमा हुने

    १ जेठ काठमाडौ।टी–२० विश्वकपका लागि एसिया क्षेत्रको छनोट खेल नेपालमा हुने भएको छ । नेपाल क्रिकेट संघ (क्यान) ले आगामी नोभेम्बर १ देखि १० तारिखसम्म त्रिवि मैदान कीर्तिपुर र मुलपानी मैदानमा छनोट खेल सञ्चालनका लागि अधिकार पाएको छ ।

    images

    खेलमा आठ टोलीको सहभागिता रहने जसमा  नेपाल, संयुक्त अरब इमिरेट्स (युएई) ओमान, हङकङ, सिंगापुर र बहराइन तथा उपक्षेत्रीय छनोट खेलबाट आउने दुई टोलीबीच प्रतिस्पर्धा हुनेछ । उपक्षेत्रीय छनोटमा समूह ‘ए’ बाट कुवेत, माल्दिभ्स, कतार र साउदी अरब तथा समूह ‘बी’ मा मलेसिया, भुटान, चीन, म्यानमार र थाइल्यान्ड रहेका छन् । 

    images
    images
    images

    समूहको शीर्ष दुई टोली सेमिफाइनलमा प्रवेश गर्नेछन् । फाइनल पुग्ने टोलीले विश्वकपमा स्थान बनाउनेछ । घरेलु मैदानमा आयोजना हुने छनोट खेलको फाइनलमा स्थान बनाउन सकेमा नेपालले विश्वकपको यात्रा तय गर्नेछ ।क्रिकेटका एक पछि अर्को सफलता हात पारेको नेपालका लागि टी–२० विश्वकपको एसिया क्षेत्रको छनोटमा स्थान बनाउने राम्रो मौका मिलेको छ । अमेरिका र वेस्ट इन्डिजमा हुने टी–२० विश्वकपमा २० देशको सहभागिता रहनेछ । 

     

    प्रकाशित मिति :जेठ १, २०८० सोमवार - १४:१४:०७ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको