१जेठ काठमाडौं ।शहीद स्मारक ए डिभिजन लिग अन्तर्गत आज सोमबार भएको खेलमा विजेता मछिन्द्र फुटबल क्लबले खुमलटारलाई ३–० ले पराजित गरेको छ ।
एन्फा कम्प्लेक्समा भएको खेलमा मछिन्द्रका ओलावाले अफिजले २ गोल गरे भने अन्द्रेस नियाले १ गोल गरेका हुन् । ओलावाले अफिजको असिस्टमा आन्द्रेस नियाले गोल गर्दै पहिलो हाफमा १–० को अग्रता बनाएको हो ।
खेलको दोस्रो हाफमा छिरिङ गुरङको असिस्टमा ओलावाले अफिजले गोल गर्दै मछिन्द्रले २–० अग्रता लिएको थियो । ओलावाले अफिजले गोल गर्दै मछिन्द्रलाई ३–० को अग्रता दिलाएका हुन् ।