Logo

मंगलवार, श्रावण १२ गते २०८३

२४ घण्टामा थपिए ४२ कोरोना संक्रमित, ८६ जना भए निको

२४ घण्टामा थपिए ४२ कोरोना संक्रमित, ८६ जना भए निको

जोईन खबर

१५, चैत्र २०७८
  • 868
    SHARES
  • २४ घण्टामा थपिए ४२ कोरोना संक्रमित, ८६ जना भए निको

    नेपालमा पछिल्लो २४ घन्टामा थप ४२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। 

    images

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार मंगलबार ४२ जनामा संक्रमण पुष्टि भएको हो।

    मन्त्रालयका अनुसार ५ हजार ४७१ जनाको कोरोना परीक्षण गर्दा उक्त संख्यामा संक्रमित थपिएका हुन्। 

    ४ हजार ३२२ जनाको पिसिआर र १ हजार १४९ जनाको एन्टिजेन परीक्षण गरिएको मन्त्रालयले जनाएको छ। 

    अहिले देशभर १ हजार १९८ जना सक्रिय संक्रमित छन्।

    ८६ जना संक्रमित निको समेत भएका छन्। कोरोना संक्रमणबाट पछिल्लो २४ घण्टामा मृत्यु हुनेको संख्या शून्य छ।

    प्रकाशित मिति :चैत्र १५, २०७८ मंगलवार - १८:२२:३८ बजे

    जोईन खबर

    images
    ताजा अपडेट
    धेरै पढिएको