Logo

बुधवार, श्रावण १३ गते २०८३

सहिद स्मारक ए डिभिजन लिगमा मंगलबार तीन खेल हुँदै !

सहिद स्मारक ए डिभिजन लिगमा मंगलबार तीन खेल हुँदै !

जोईन खबर

२, जेठ २०८०
  • 709
    SHARES
  • सहिद स्मारक ए डिभिजन लिगमा मंगलबार तीन खेल  हुँदै !

    २ जेठ काठमाडौ।सहिद स्मारक ए डिभिजन लिगमा मंगलबार तीन खेल हुँदैछ । दिउँसो ३ बजे च्यासल मैदानमा पुलिस र एपिएफ भिड्दा दशरथ रंगशालामा शीर्ष ६ मध्य ४ टोली खेल्नेछन् ।च्यासल मैदानमा पुलिस र एपिएफ भिड्दा पुलिससँग जारी लिगकै उच्च स्थानमा उक्लने अवसर हुनेछ ।पुलिस भने विदेशी खेलाडीको आगमनपछि निकै बलियो देखिएको छ ।

    images

    संकटाविरुद्ध २(१ को जितपछि रेलिगेसन क्षेत्रबाट निक्लेको पुलिसले आज ३ गोलको अन्तरले जिते एपिएफलाई पनि उछिन्नेछ ।दिउँसो ३ बजे नै दशरथ रंगशालामा थ्री स्टार ए त्रिभुवन आर्मी फुटबल क्लब खेल्नेछन् ।आर्मीले पछिल्लो खेलमा चर्च ब्वाइजलाई पराजित गर्दै लिगको उपाधि होडमा आफ्नो सम्भावना कायम राखेको छ ।थ्री स्टार खराब लयलाई पूर्णविराम लगाउन चाहन्छ ।

    थ्री स्टार चोटका कारण समस्यामा छ । मिडफिल्डमा लगातार परिवर्तन गरेको टोली आर्मीलाई हराएर तेस्रो स्थानमा उक्लने लक्ष्यमा हुनेछ ।साँझ ६ बजे चर्च ब्वाइज युनाइटेड र सातदोबाटो युवा क्लब दशरथ रंगशालामा भिड्नेछन् ।

    चर्च ब्वाइजले लिगको शीर्षस्थानमा २ अंकको अग्रता लिनेछ । तर कप्तान अनन्त तामाङ, मिडफिल्डर जोस्पे बेम्पा र डिफेन्डर सविन खड्का प्रतिबन्धका कारण टोलीमा छैनन् ।सातदोबाटोले ४ खेलको जितविहीन यात्रालाई पूर्णविराम लगाउँदै पछिल्लो खेलमा एपिएफलाई हराएको थियो । 

    प्रकाशित मिति :जेठ २, २०८० मंगलवार - १५:१०:०४ बजे

    जोईन खबर

    images
    ताजा अपडेट
    धेरै पढिएको