Logo

बुधवार, श्रावण १३ गते २०८३

सहिद स्मारक ए डिभिजन लिग अन्तर्गत विहीबार तीन खेल हुँदैछ :

सहिद स्मारक ए डिभिजन लिग अन्तर्गत विहीबार तीन खेल हुँदैछ :

जोईन खबर

४, जेठ २०८०
  • 655
    SHARES
  • सहिद स्मारक ए डिभिजन लिग अन्तर्गत विहीबार तीन खेल हुँदैछ :

    ४ जेठ काठमाडौँ। सहिद स्मारक ए डिभिजन लिग अन्तर्गत विहीबार तीन खेल हुँदैछ । लिगको १९ औं चरण सुरु हुँदा शीर्षस्थानमा अंकको अन्तर फराक हुँदै गर्दा रेलिगेसन क्षेत्रमा भने कडा प्रतिस्पर्धा चलिरहेको छ ।दिउँसो ३ बजे च्यासल रंगशालामा संकटा क्लब र मनाङ मर्स्याङ्दी क्लब खेल्दैछन् ।

    images

    टोलीको प्रदर्शनमा भने क्रमशस् सुधार देखिएको छ । आजको खेल जितेको खण्डमा मनाङ अंक तालिकाको सातौं स्थानमा उक्लनेछ । यता रेलिगेसन क्षेत्रबाट मात्र १ अंक टाढा रहेको संकटा यस खेलमा पराजित भए अन्य खेलको नतिजाले तल झार्न पनि सक्छ । जितले भने संकटा सातौं स्थानमा पुग्नेछ । दशरथ रंगशालामा फ्रेन्ड्स क्लब र मच्छिन्द्र क्लब खेल्नेछन् ।

    जितेको टोलीलाई दोस्रो स्थानमा पुर्याउनेछ । तर रेलिगेसन क्षेत्रमा रहेको फ्रेन्ड्स पनि जितसहित सुरक्षित स्थानमा उक्लन चाहन्छ ।साँझ ६ बजे न्यु रोड टिम एनआरटि र जावलाखेल युवा क्लबबीच खेल हुनेछ । जावलाखेल जितसहित शीर्षस्थानमा उक्लने प्रयासमा हुनेछ । यता एनआरटि रेलिगेसन क्षेत्रबाट दुरी बढाउने लक्ष्यसाथ उत्रनेछ ।

     

    प्रकाशित मिति :जेठ ४, २०८० बिहिवार - १३:३६:५० बजे

    जोईन खबर

    images
    ताजा अपडेट
    धेरै पढिएको