Logo

बुधवार, श्रावण १३ गते २०८३

सहिद स्मारक ‘ए’ डिभिजन लिग आज तीन खेलमा काे काे भिडदै छन् ?

सहिद स्मारक ‘ए’ डिभिजन लिग आज तीन खेलमा काे काे भिडदै छन् ?

जोईन खबर

७, जेठ २०८०
  • 667
    SHARES
  • सहिद स्मारक ‘ए’ डिभिजन लिग आज तीन खेलमा  काे काे भिडदै  छन्  ?

    ७ जेठ काठमाडौं। सहिद स्मारक ‘ए’ डिभिजन लिगको दोस्रो लेगको सातौँ चरण अन्तर्गत आज तीन खेलहरु हुँदैछन्। दुई खेल दशरथ रंगशालामा हुनेछन् भने एक खेल च्यासल मैदानमा हुनेछ।

    images

    त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने पहिलो खेल दिउँसो ३ बजे सुरु हुनेछ। एपीएफ क्लब र मनाङ मर्स्याङ्दी क्लबबीच प्रतिस्पर्धा हुनेछ। १९ खेलमा २२ अंक जोडेको एपीएफ  र १९ खेलमा २३ अंक जोडेको मनाङ मर्स्याङ्दी छैटौँ जितको लागि खेल्नेछ।दशरथ रंगशालामा हुने दोस्रो खेलमा जावलाखेल युथ क्लब र संकटा क्लबबीच प्रतिस्पर्धा हुनेछ। खेल साँझ ६ बजे सुरु हुनेछ। जावलाखेल १९ खेलमा ३२ अंक जोडेर छ भने संकटा १९ खेलमा २२ अंक जोडेको छ।

    च्यासल मैदानमा दिउँसो ३ बजे सुरु हुने खेलमा न्युरोड टिम एनआरटी र मछिन्द्र फुटबल क्लबबीच प्रतिस्पर्धा हुनेछ। एनआरटी १९ खेलमा २३ अंक जोडेर छ भने मछिन्द्र १९ खेलमा ३१ अंक जोडेरको छ।

    प्रकाशित मिति :जेठ ७, २०८० आइतवार - १०:२२:०० बजे

    जोईन खबर

    images
    ताजा अपडेट
    धेरै पढिएको