काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर २६ जना कोभिड १९ संक्रमित थपिएका छन् ।
पाँच हजार १९२ वटा नमुनामा परीक्षण गर्दा २६ जनामा संक्रमण पुष्टि भएको हो ।
आज ७७ जना संक्रमणमुक्त भएका छन् । योसँगै देशभर सक्रिय संक्रमितको संख्या एक हजार १४६ पुगेको छ ।
आज देशभरको औसत संक्रमणदर ०.६प्रतिशत रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।