९ जेठ काठमाडौ ।जिम्बावेमा हुने अन्तर्राष्ट्रिय क्रिकेट आइसिसी ले विश्वकप छनोटको समूह विभाजनमा नेपाल र वेस्टइन्डिज समूह ए मा छन् । आइसिसी एकदिवसीय विश्वकप छनोटमा दुई पटकको विश्वकप विजेता वेस्टइन्डिज र नेपाल एकै समूहमा परेका छन् ।
समूह ए मा नेपाल, वेस्टइन्डिज, जिम्बावे, अमेरिका र नेदरल्यान्ड्स छन् । समूह बी मा आयरल्यान्ड, श्रीलंका, युएई, स्कटल्यान्ड र नेदरल्यान्ड्स छन् । प्रतियोगिता १८ जुन देखि ९ जुलाई सम्म जिम्बावेमा हुनेछ । नेपालले पहिलो खेल जिम्बावेसँग १८ जुनमा खेल्दै सुरुवात गर्नेछ ।
नेपालले नेपालले वेस्टइन्डिजसँग २२ जुनमा खेल्नेछ । नेपालले २४ जुनमा नेदरल्यान्ड्ससँग खेल्नेछ । फाइनल भने जुलाई ९ मा हरारे स्पोर्ट्स क्लबमा हुनेछ । नेपालले भने प्रतियोगिताको लागि २२ सदस्य प्रारम्भिक टोली घोषणा गरेको छ । नेपाल एक सातापछि अन्तिम टोली घोषणा गर्दै दक्षिण अफ्रिका जानेछ । दक्षिण अफ्रिकामा नेपालले नेदरल्यान्ड्स र स्कटल्यान्डसँग अभ्यास खेल खेल्नेछ ।