Logo

बुधवार, श्रावण १३ गते २०८३

काभा महिला भलिबल च्यालेन्ज कप २०२३ मा नेपाल एक खेल बाँकी छँदै सेमिफाइनलमा प्रवेश

काभा महिला भलिबल च्यालेन्ज कप २०२३ मा नेपाल एक खेल बाँकी छँदै सेमिफाइनलमा प्रवेश

जोईन खबर

९, जेठ २०८०
  • 661
    SHARES
  • काभा महिला भलिबल च्यालेन्ज कप २०२३ मा नेपाल एक खेल बाँकी छँदै  सेमिफाइनलमा प्रवेश

    ९ जेठ काठमाडौ । नेपाल एक खेल बाँकी छँदै एनएससी–काभा महिला भलिबल च्यालेन्ज कप २०२३ को सेमिफाइनलमा प्रवेश गरेको छ ।आफ्नो दोस्रो खेलमा बंगलादेशमाथि ३–० को सोझो सेटमा जित निकाल्दै नेपाल एक बाँकी छँदै सेमिफाइनलमा पुग्न सफल भएको हो ।नेपालको जितले भारत पनि सेमिफाइनलमा पुगेको छ । लगातार दोस्रो हारसँगै किर्गिस्तान र बंगलादेश एक खेल बाँकी छँदै समूह चरणबाट बाहिरिएको छ ।

    images

    बंगलादेशविरुद्धको खेलबाटै नेपालका चार खेलाडीले डेब्यु गरिन् । मिडल ब्लकर कविता भट्टसँगै सेटर प्रगति नाथ, स्पाइकर पुजा चौधरी र लिवेरो शान्ति कला तामाङले नेपाली महिला राष्ट्रिय टोलीमा डेब्यु गरिन् । बंगलादेशविरुद्धको खेलमा पहिलो सेटमा पहिलो रोजाईमा खेल्दै डेब्यु गरिन् ।बेल्जियन मुख्य प्रशिक्षक जान डि ब्रान्टले मिडल ब्लकर साफिया पुनलाई विश्राम दिर्द कवितालाई मौका दिइन् ।

    राष्ट्रिय टोलीमा परेका सबै ६ खेलाडीले राष्ट्रिय टोलीमा डेब्यु गरेका छन् । सोमबार मिडल ब्लकर संगम महतो र अपोजिट हिटर रिमा कुँवरले डेब्यु गरेका थिए ।

     

    प्रकाशित मिति :जेठ ९, २०८० मंगलवार - १६:५५:५२ बजे

    जोईन खबर

    images
    ताजा अपडेट
    धेरै पढिएको