Logo

मंगलवार, श्रावण १२ गते २०८३

मनोहरा पुल क्षेत्रमा बनाइएका अतिक्रमित घरटहरा, छाप्रो, पर्खाललगायत संरचना हटाउन सुरु

मनोहरा पुल क्षेत्रमा बनाइएका अतिक्रमित घरटहरा, छाप्रो, पर्खाललगायत संरचना हटाउन सुरु

जोईन खबर

१०, जेठ २०८०
  • 796
    SHARES
  • मनोहरा पुल क्षेत्रमा बनाइएका  अतिक्रमित घरटहरा, छाप्रो, पर्खाललगायत संरचना हटाउन सुरु

    १० जेठ काठमाडौं । मनोहरा पुल क्षेत्रमा बनाइएका घरटहरा, छाप्रो, पर्खाललगायत संरचना हटाउन सुरु र सडक अतिक्रमण गरी बनाइएका मनोहरा जग्गा एकीकरण आयोजना क्षेत्रभित्रका अतिक्रमित घरटहरा भर्‍याङ,पर्खाललगायतका  भत्काउने सुरु गरेको आयोजनाका उपनिर्देशक निर्मलराज बरालले  जानकारी दिनुभयो ।

    images

    आयोजनाले २०७९ भदौ ५ र फागुन १७ गते सूचना प्रकाशित गरी त्यहाँ भएका सबै क्षेत्रमा पटक–पटक माइकिङ गरेर सूचना जारी गर्नुका साथै घरघरमा गएर सूचना टाँस गर्दा पनि अटेर गरेकाले घरटहरा भत्काउन सुरु गरेको बरालले बताउनुभयो ।

    मध्यपुरथिमि नगरपालिका –१ मनोहरा पुलसँगै आयोजनाको क्षेत्राधिकारभित्र सडकको मापदण्ड मिचेर बनाइएका तीन टहरा मङ्गलबार भत्काएको छ । मनोहरास्थित टहरामा बस्दैआएकाहरूले उच्च अदालत पाटनमा रिट निवेदन दिए पनि उच्च अदालतले २०८० जेठ ४ गते अन्तरिम आदेश नदिई खारेज गरेको र अदालतले रिट खारेज गरिदिएपछि आयोजनाले माइकिङ गर्दै अतिक्रमित घरटहरा हटाउन पटक–पटक निर्देशन दिँदा पनि अटेर गरेकाले बाध्य भएर डोजर चलाएको उहाँले जानकारी दिनुभयो ।

    प्रकाशित मिति :जेठ १०, २०८० बुधवार - १२:२२:५९ बजे

    जोईन खबर

    images
    ताजा अपडेट
    धेरै पढिएको