शहिद स्मारक ‘ए’ डिभिजन लिगमा नेपाल पुलिस क्लब र एफसी खुमलटारले जित निकालेका छन् । एन्फा कम्प्लेक्समा मंगलबार भएको खेलमा पुलिसले थ्रीस्टार क्लबलाई १–० गोलले स्तब्ध बनायो । दशरथ रंगशालामा भएको अर्को खेलमा रेलिगेसनको दबाबमा रहेको एफसी खुमलटारले सातदोवाटो युथ क्लबलाई १–० गोलले हरायो । पुलिस क्लबकाेल हिजाजीले २८औं मिनेटमा गरेको गोलले जितमा प्रयाप्त बन्यो ।
दशरथ रंगशालामा भएकाे खेलमा खुमलटारको जितमा मेसुके ओलुमोउले निर्णायक गोल गर्नुभयो । मेसुकेले ३७औं मिनेटमा गरेको १–० गोलले सातदोवाटोलाई हराउन प्रयाप्त बन्यो । दोस्रो स्थानमा रहेको साविक विजेता मच्छिन्द्रको ३४ र तेस्रो स्थानमा रहेको जावलाखेलको ३३ अङ्क छ । खुमलटारसँगै २१ अङ्क बनाएको फ्रेन्ड्सले पनि रेलिगेसन रेखा छल्न सकेको छैन ।