Logo

बुधवार, श्रावण १३ गते २०८३

नेपालको अभ्यास खेल टेष्ट राष्ट्रसँग नराखेकोमा क्यानले आईसीसीलाई लेख्यो पत्र

नेपालको अभ्यास खेल टेष्ट राष्ट्रसँग नराखेकोमा क्यानले आईसीसीलाई लेख्यो पत्र

जोईन खबर

१०, जेठ २०८०
  • 643
    SHARES
  • नेपालको अभ्यास खेल  टेष्ट राष्ट्रसँग नराखेकोमा क्यानले आईसीसीलाई लेख्यो पत्र

    १० जेठ काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् आईसीसीले अर्को महिना जिम्बावेमा हुने क्रिकेट विश्वकप छनोटको लागि मंगलबार समूह विभाजन र खेल तालिका सार्वजनिक गर्दै वार्म अप म्याचको तालिका पनि सार्वजनिक गरेको छ । जसमा हरेक टिमले दुई-दुई वार्म अप म्याच खेल्ने तालिका छ । तर एसोसिएट राष्ट्रहमध्ये नेपालले मात्र टेष्ट राष्ट्रसँग वार्म अप खेल्न नपाउने भएको छ । नेपाल बाहेक अन्य पाँच राष्ट्रले टेष्ट राष्ट्रसँग वार्म अप म्याच खेल्ने तालिका हुँदा नेपालले भने एसोसिएट राष्ट्र ओमान र यूएइसँग मात्र वार्म अप म्याच खेल्ने तालिका छ ।

    images

    खेलतालिका सार्वजनिक भएपछि हेर्दा नेपालको मात्र टेष्ट राष्ट्रसँग वार्म अप म्याच राखिएको छैन । यो असमान व्यवहार भयो जस्तो लाग्यो । नेपालले पनि कम्तीमा एक टेष्ट राष्ट्रसँग वार्म अप म्याच खेल्न पाउनुपर्छ भन्ने हाम्रो भनाइ हो । 

    नेपालले जुन १३ मा युएई र जुन १५ मा ओमानसँग वार्म अफ म्याच खेल्ने तालिका छ । एसोसिएट राष्ट्रमध्ये नेदरल्याण्ड्स, स्कटल्याण्ड र अमेरिकाले दुई वटै वार्म अप म्याच टेष्ट राष्ट्रसँग खेल्ने तालिका छ । नेपालसँग एउटा-एउटा वार्म अप म्याच खेल्ने युएई र ओमानले टेष्ट राष्ट्रसँग समान एक वार्म अफ म्याच खेल्नेछन् ।

     

     

    प्रकाशित मिति :जेठ १०, २०८० बुधवार - १५:२९:०९ बजे

    जोईन खबर

    images
    ताजा अपडेट
    धेरै पढिएको