सातदोबाटो २० खेलमा २९ अंक जोडेर चौथो स्थानमा रहेको छ भने फ्रेन्ड्स २० खेलमा २१ अंक जोडेर १३ औं स्थानमा रहेको छ।च्यासल मैदानमा हुने खेलमा मनाङ मर्स्याङ्दी क्लब र चर्च ब्वाइज युनाईटेड क्लबबीच प्रतिस्पर्धा हुनेछ। सो खेल दिउँसो ३ बजे सुरु हुनेछ। मनाङ २० खेलमा २४ अंक जोडेर ११ औं स्थानमा रहेको छ भने चर्च ब्वाइज २० खेलमा ३७ अंक जोडेर शीर्ष स्थानमा रहेको छ।