३ मंसिर काठमाडाैँ ।महिला टि-२० सिरिजअन्तर्गत नेपालले अहिले तेस्रो स्थानका लागि जापानसित खेल्दै छ ।हङकङमा जारी प्रतियोगितामा नेपालले टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय गरेको छ ।
यसअघि समूह चरणको अन्तिम खेलमा शनिबार नेपालले जापानलाई ६७ रनले पराजित गरेको थियो । नेपाल पहिलो खेलमा बुधबार तान्जानियासित २७ रनले तथा दोस्रो खेलमा बिहीबार हङकङसित नौ विकेटले पराजित भएको थियो ।
जापान समूह चरणका तीनवटै खेलमा पराजित भएको थियो ।तान्जानिया र हङकङले आज नै उपाधिका लागि खेल्ने छन् ।