२२ मंसिर काठमाडौँ । एसिसी यू १९ एसिया कपमा पाकिस्तानविरुद्धको खेलमा नेपालले १२ ओभरमा ३३ रन बनाउदा ३ विकेट गुमाएको छ ।
आज दुबईमा रहेको आइसिसी एकेडेमी ओभल २ मा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको ३ विकेट गुमाइ सकेको हो । नेपालका अर्जुन कुमाल २६ बलमा २ चौकासहित १५ रनमा क्रिजमा आउट भएसंगै नेपालका ओपनर विपिन रावललाई ७ रनमा गुमाए तीव्र गतिका बलर आमिर हसनको तेस्रो ओभरको दोस्रो बलमा विपिन एज लागेर विकेटकिपर साद बेगबाट क्याच आउट भएका हुन् ।
कप्तान देव खनाल १३ बल खेल्दा खाता खोल्न सकेनन् । मोहम्मद जिशानको १२ औं ओभरको पाँचौं बलमा ठूलो सर्ट खेल्ने धुनमा टप एज लागेर देव अली असफन्दबाट क्याच आउट भएका थिए।