Logo

मंगलवार, श्रावण १२ गते २०८३

२९ औं ज्ञान कार्निभलअन्तर्गत अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको उपाधि रेडियन्ट र रातो बंगलालाई  

२९ औं ज्ञान कार्निभलअन्तर्गत अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको उपाधि रेडियन्ट र रातो बंगलालाई  

जोईन खबर

२४, मंसिर २०८०
  • 751
    SHARES
  • २९ औं ज्ञान कार्निभलअन्तर्गत अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको उपाधि रेडियन्ट र रातो बंगलालाई  

    २४ मंसिर काठमाडौं ।रेडियन्ट पब्लिक र रातो बंगलाले २९ औं ज्ञान कार्निभलअन्तर्गत अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको उपाधि आइतबार जितेका छन् ।

    images

    रेडियन्ट ब्वाइज तथा रातो बंगला गल्र्समा च्याम्पियन बने ।बुङमतिस्थित आयोजक ज्ञानोदयको कोर्टमा भएको ब्वाइज फाइनलमा रेडियन्टले आयोजक ज्ञानोदयलाई ५४–४१ ले पराजित ग¥यो । रेडियन्टका सन्तोष शर्माले २२ अंक जोडे ।गल्र्समा पनि रेडियन्ट फाइनलमा पुगेको थियो । गल्र्समा भने रेडियन्ट चुक्यो । उपाधि भिडन्तमा रातो बंगलाले रेडियन्टलाई ४३–१९ ले हरायो ।

    1(51).JPG

    रातो बंगलाकी अन्शु उरावले २६ स्कोर गरिन् । फाइनलका सर्वाधिक स्कोरकर्ताद्वय सन्तोष र अन्शु आ–आफ्नो विधामा ‘मोस्ट भेलुएबल प्लेयर’ घोषित भए ।विजेतालाई ज्ञानोदयकी संस्थापिका प्रिन्सिपल इन्दिरा याक्थुम्बा, ज्ञानोदयका भाइस प्रिन्सिपल भानु ए, रेडियन्ट पब्लिकका प्रिन्सिपल सूर्यबहादुर केसीलगायतले एक कार्यक्रमबीच पुरस्कृत गरे ।

    मंसिर १५ गतेदेखि सुरु प्रतियोगिताको ब्वाइजमा १२ तथा गल्र्समा ८ टिमले लिग कम नकआउट आधारमा प्रतिस्पर्धा गरेका थिए । ज्ञान कार्निभल विद्यालयस्तरीय प्रतियोगिता मध्येको सबै भन्दा पुरानो प्रतियोगिता मध्येको एक हो । ज्ञान कार्निभल सन् १९९४ देखि सुरु भएको थियो ।

    प्रकाशित मिति :मंसिर २४, २०८० आइतवार - १६:३९:२६ बजे

    जोईन खबर

    images
    ताजा अपडेट
    धेरै पढिएको