Logo

मंगलवार, श्रावण १२ गते २०८३

दोश्रो नखिपोट खुला बास्केटबल प्रतियोगितामा टाइम्स इन्टरनेसनल र नेपाल आम क्वाटरफाइनलमा प्रवेश

दोश्रो नखिपोट खुला बास्केटबल प्रतियोगितामा टाइम्स इन्टरनेसनल र नेपाल आम क्वाटरफाइनलमा प्रवेश

जोईन खबर

२८, मंसिर २०८०
  • 733
    SHARES
  • दोश्रो नखिपोट खुला बास्केटबल प्रतियोगितामा टाइम्स इन्टरनेसनल र नेपाल आम क्वाटरफाइनलमा प्रवेश

    २८ मंसिर काठमाडौँ । दोश्रो नखिपोट खुला बास्केटबल प्रतियोगिताको पुरुषमा बुधबार टाइम्स इन्टरनेसनल र नेपाल आर्मी  क्वाटरफाइनलमा प्रवेश गरेका छन् ।

    images

    नखिपोटस्थित आयोजक नखिपोट युवा क्लबको कभर्डहलमा भएको प्रतिस्पर्धामा टाइम्सले बूढानीलकण्ठलाई ८१–७१ ले पराजित ग¥यो ।टाइम्सको जितमा मनीष केसीले २३ अंक योगदान गरे । अमृत कोइरालाको २१ अंक सहयोगमा आर्मीले स्नोल्यान्डलाई १०५–४० ले सहजै हरायो ।

    समूह चरणको अन्य खेलमा बलर्स एकेडेमी र ओभ्स हाउन्ड्सले जित निकाले । बलर्सले गोब्लिन्समाथि ७६–७३ को कठिन जित रच्यो । बलर्सका साहिल गुरुङले २० स्कोर गरे । ओभ्सले आयोजक नखिपोट ‘बी’ लाई ७८–६० ले पाखा लगायो ।

    विजेताका सिमोन गुरुङले २९ अंक जोडे ।बिहीबारदेखि महिलाको प्रतिस्पर्धा पनि सुरु हुनेछ । यु–२३ उमेरसमूहको प्रतिस्पर्धामा ४ टिमले राउन्ड रोविन लिगका आधारमा प्रतिस्पर्धा गर्ने छन् । लिगका शीर्ष २ टोली उपाधिका लागि भिड्ने छन् ।

    प्रकाशित मिति :मंसिर २८, २०८० बिहिवार - १०:५८:१७ बजे

    जोईन खबर

    images
    ताजा अपडेट
    धेरै पढिएको