Logo

मंगलवार, श्रावण १२ गते २०८३

एनपिएलको दोस्रो संस्करण आजदेखि कीर्तिपुरको त्रिविमा सुरु हुदै, पहिलो खेल जनकपुर बोल्ट्स र काठमाडौँ गोर्खाजबीच हुने

एनपिएलको दोस्रो संस्करण आजदेखि कीर्तिपुरको त्रिविमा सुरु हुदै, पहिलो खेल जनकपुर बोल्ट्स र काठमाडौँ गोर्खाजबीच हुने

जोईन खबर

१, मंसिर २०८२
  • 601
    SHARES
  • एनपिएलको दोस्रो संस्करण आजदेखि कीर्तिपुरको त्रिविमा सुरु हुदै, पहिलो खेल जनकपुर बोल्ट्स र काठमाडौँ गोर्खाजबीच हुने

    १ मंसिर काठमाडौँ । नेशनल प्रिमियर लिग एनपिएलको दोस्रो संस्करण आजदेखि कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा सुरु हुँदैछ । प्रतियोगिताको शुभारम्भ अपरान्ह २ बजे हुने छ,भने पहिलो खेल ४ बजे खेलाइने छ । यही मङ्सिर २७ गतेसम्म सञ्चालन हुने एनपिएलमा लिग चरण, तीन वटा प्लेअफ र फाइनलसहित ३२ खेल हुनेछन्त्रिवि क्रिकेट मैदानलाई प्यारापिट र फ्लड लाइटको व्यवस्थासहित स्तरोन्नति गरिएका कारण दोस्रो संस्करण क्रिकेट प्रेमीबीच थप उत्साहको विषय बन्न पुगेको छ ।

    images

    उद्घाटन खेलमा जनकपुर बोल्ट्स र काठमाडौँ गोर्खाजबीच  प्रतिस्पर्धा हुनेछ । यस पटक रङ्गशालामा १० हजार जना अट्ने प्यारापिट निर्माण गरिएकोले दर्शकले सिट्मै बसेर प्रतियोगिता हेर्न पाउने भएका छन् । फ्लड लाइटका  कारण खेलहरू अन्य देशका रङ्गशाला सरह रातिसमेत सञ्चालन हुनेछन् । सहरी विकास मन्त्रालयले राष्ट्रिय खेलकुद परिषदमार्फत क्यानलाई पहिलो एनपिएलको पूर्व सन्ध्यामा आइतबार साँझ मात्र चरणका संरचना हस्तान्तरण गरेको थियो ।

    प्रतियोगिताका विजेता टोलीलाई पुरस्कारस्वरूप रु एक करोड १० लाख प्रदान गरिनेछ । यसअघि जनकपुर बोल्ट्सले सुदूरपश्चिम रोयल्सलाई पराजित गर्दै उपाधिमाथि कब्जा जमाएको थियो । त्यसैगरी, प्रतियोगिताको उपविजेता टोलीले भने रु ५१ लाख प्राप्त गर्नेछ भने तेस्रो स्थान हासिल गर्नेले रु २५ लाख तथा चौथो हुनेले रु १५ लाख प्राप्त गर्नेछ । एनपिएल दोस्रोका सबै खेल कीर्तिपुरस्थित त्रिवि मैदानमा  हुनेछन् ।

    नेपाल क्रिकेट सङ्घ क्यानले यस पटक दैनिक नौ हजार चार सय ५० टिकट बिक्री गर्ने जनाएको छ । पहिलो दिनको खेलको टिकट दुई दिन अगाडि नै बिक्री भइसकेको छ । एनपिएलमा साविक विजेता जनकपुरसँगै साविक उपविजेता सुदूरपश्चिम रोयल्स, कर्णाली याक्स, पोखरा एभेन्जर्स, विराटनगर किंग्स, चितवन राइनोज, काठमाडौँ गुर्खाज र लुम्बिनी लायन्स गरेर आठ फ्रेन्चाइज टोलीले प्रतिस्पर्धा गर्दैछन् । यस पटक एनपिएलबाट रु ४० करोड आम्दानी गर्ने क्यानको लक्ष्य  छ । 

    प्रकाशित मिति :मंसिर १, २०८२ सोमवार - १०:२२:५२ बजे

    जोईन खबर

    images
    ताजा अपडेट
    धेरै पढिएको